TodayPati

मुख्यमन्त्री लालबाबु राउतको पद धरापमा, राजिनामा दिन उपेन्द्र यादवको निर्देशन

टुडेपाटी-
जनकपुरधाम, भदौ ७ गते ।

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा दिन निर्देशन दिएका छन् ।

उनले मुख्यमन्त्री राउतलाई राजीनामा दिन निर्देशन दिएको स्वीकार गरेका हुन् । सञ्चारकर्मीको जिज्ञासामा उनले राजिनामा दिन निर्देशन दिएको कारण भने उनले खुलाउन मानेन् ।

Sponsored

मधेश सरकारको लोकप्रिय कार्यक्रम ,बेटी पढाऊ, बेटी बचाऊ, कार्यक्रम अन्तर्गत छोरीलाई वितरण गरेको साइकल खरिदमा भ्रष्टाचार भएको ठहरपछि नेतृत्व मुख्यमन्त्री राउतबाट चिढिएको छ । दोश्रो चरणमा भएको ब्राण्ड बाहिरको १७ हजार साईकल खरिदमा १० करोड ३३ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठजनामाथि विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

मुख्यमन्त्री कार्यालयका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल, उपसचिव दिलीपकुमार प्रधान, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, अधिकृत आठौँ तहका सुरेन्द्रकुमार कर्ण, सहलेखापाल राजाराम मण्डल, भण्डार शाखा प्रमुख स्वार्थ महतो, भण्डार शाखाका खरिदार मोहनकुमार दास र ओम सत्य साई प्रालिका प्रबन्ध निर्देशक रेनु अग्रवालविरुद्ध मुद्दा दायर भएको छ ।

दोश्रो चरणमा भएको १७ हजार साइकल खरिदमा मुख्यमन्त्री राउत र प्रमुख सचिवको संलग्नता नपाइएको भन्दै अख्तियारले उन्मुक्ति दिएपनि मुख्यमन्त्री राउत नैतिक संकटमा परेका छन् । उनको चौतर्फी चर्को आलोचनासंगै राजिनामाको माग उठिरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *