मधेश प्रदेश : नहरमा डुबेर बालकको मृत्यु
टुडेपाटी–
सप्तरी, भदौ ५ गते ।
सप्तरीमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका–२ सिद्धिपुरमा रहेको नहरमा डुबेर सप्तकोसी–१ का कार्यलय सहयोगी राजकुमार रामको दुई वर्षीय छोरो सन्दिप रामको मृत्यु भएको हो ।
बालकको आइतबार बिहान नहरमा डुबेर मृत्यु भएको स्थानीयले बताएका छन्।
डुबेको ४ घण्टापछि दिउँसो १२ बजे बालकको शव घरदेखि डेढ किलोमिटर दक्षिण नहरमा फेला परेको प्रहरीले जनाएको छ।
मृतक बालकको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याएको प्रहरी चौकी फत्तेपुरले जनाएको छ।
Sponsored
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।