TodayPati

महोत्तरीमा अश्लीलता प्रदर्शन गर्ने ९ जना आर्केष्ट्राबाली प्रहरीको नियन्त्रणमा

टुडेपाटी-
महोत्तरी, भदौ ६ गते ।

कृष्ण जन्माष्टमीको अवसरमा महोत्तरीको विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम तथा आर्केस्ट्राको आयोजना गरिएकोमा अश्लीलता प्रदर्शन गर्ने कलाकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दोहोरो अर्थ लाग्ने गीतमा नृत्य गर्ने गौशाला नगरपालिका- ११ कान्तिबजार तथा गौशालाकै निगौलबाट ९ जना महिला कलाकारसहित ३ जना पुरुषलाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको हो ।

Sponsored

सांस्कृतिक कार्यक्रमको लागि बोलाइएको भनिए पनि उनीहरू दोहोरो अर्थ लाग्ने गीतमा नृत्य प्रस्तुत गरिरहेको प्रहरीको भनाइ छ । यता शनिबार राति कलाकारहरूलाई नियन्त्रणमा लिन गएको प्रहरीमाथि नै स्थानीय युवाहरूले हुलहुज्जत गर्न खोजेको र कान्तिबजार प्रहरी चौकीमा ढुंगामुढासमेत गरेपछि दुईजनालाई नियन्त्रणमा लिई सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रहरीले मुद्दासमेत चलाएको छ ।

उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *