मधेश प्रदेश : २३ वर्षीय युवाले कुटपिट गर्दा वृद्धको मृत्यु, विरोधमा प्रर्दशन
टुडेपाटी–
रौतहट, भदौ ५ गते ।
रौतहटमा २३ वर्षीय युवकलाई वृद्धलाई कुटपिट गर्दा मृत्यु भएको हो ।
जिल्लाको चन्द्रपुर नगरपालिका–४ निवासी ७७ वर्षीय रामगोपाल घिमिरेलाई वडा नम्बर ५ का अजय चौधरीले कुटपिट गरेका थिए। उनको उपचारका क्रममा आइतबार बिहान काठमाडौंस्थित टिचिङ अस्पतालमा मृत्यु भएको हो ।
एक साताअघि चौधरीले वृद्ध घिमिरेलाई लाठीले मरणासन्न हुने गरी कुटपिट गरेका थिए।
स्थानीयहरुले जाहेरी दिँदासमेत ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ नगरी आरोपितलाई भगाउन सहयोग गरेको भन्दै टायर बालेर चन्द्रनिगाहपुरमा सडक चक्काजाम गरेका छन्।
पीडित परिवारका अनुसार गत शनिबार साँझ एक्कासी चौधरीले लठ्ठी तथा मुड्कीले कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका घिमिरेलाई चन्द्रपुर–४ स्थित सिभिल अस्पतालमा उपचारको लागि लगेकोमा थप उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल भर्ना गरिएको थियो।
Sponsored
उनको ढाड, कम्मर, तिघ्रा, खुट्टा, हात तथा अनुहारमा देखिने गरी चोटपटक लागेको थियो।
चौधरीले पैनीमा पर्खाल बनाउने बेलाको पुरानो रिसिबीका कारण आक्रमण गरेको पीडित परिवारको आरोप छ।
वृद्धको मृत्युपछि आइतबार बिहान प्रहरीले आरोपित चौधरीका आमा, बाबु र दिदीबहिनीलाई नियन्त्रणमा लिएको छ। मुख्य आरोपित चौधरी भने अहिले फरार छन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रनाउ सन्तुप्रसाद जैसवारले चौधरीको खोजी कार्य जारी रहेको बताए ।