जनकपुरमा होटलमा खाएको बिल चुक्ता नगरी दुई युवक फरार
टुडेपाटी-
जनकपुरधाम, साउन ३१ गते ।
जनकपुरको शिवचोकस्थित एक होटलमा खाएको हजारौं रुपैयाँको बिल नतिरी दुई युवक सम्पर्कविहीन भएका छन् ।
सर्लाहीका २४ वर्षीय अंकित साह र प्रि प्रोडक्सनका सञ्चालक प्रसान्त साहले जनकपुरधामस्थित दिपक होटलको १५ हजार रुपैयाँको बिल नतिरी फरार भएका हुन् ।
उनीहरुले गत असार २८ गते पि प्रोडक्सनको ब्यानरमूनि जनकपुरधामस्थित उद्योग वाणिज्य संघमा आयोजना गरेको ‘मिस्टर एण्ड मिस प्रोभिन्स–२’ नामक कार्यक्रमको बेला सो होटलमा बसेका थिए । दुई दिन होटलमा बस्दा जम्मा १५ हजार ८० रुपैयाँ बिल बनेको थियोे ।
उनीहरुलाई जनकपुरधाममा कार्यक्रम आयोजना गर्न स्थानीय युवाहरु बिक्की पाण्डेय, कलाम राईन, विपीन पाण्डेय, आदित्य राउत, आयुष झा, अमन झालगायतकाले सहयोग गरेका थिए ।
जनकपुरधाममा कार्यक्रम आयोजना गर्न एक महिना बाँकी रहेकै बेलादेखि उनीहरु यहाँ आउँदा पिडारी चोक बस्ने बिक्कीले धेरै सहयोग गरेका थिए । बिक्कीले आफूले उनीहरु दुबैजनालाई एक महिनासम्म आफ्नै घरमा बास बस्नका लागि ठाउँसमेत दिएको बताए ।
Sponsored
कार्यक्रम आयोजना गर्नुअघि खान, बस्न र रिहल्सल गर्नका लागि आफूले नै उनीहरुलाई दिपक होटलसँग सम्पर्क गराएको बिक्कीले बताए । कार्यक्रम समाप्त भइसकेपछि उनीहरुले होटलको १५ हजार, प्रिन्टिङ पार्टनरको १५ हजार र नमूना बस्तीमा भाडामा लिएको कोठाको पैसा पनि नतिरी फरार भएको बिक्कीको भनाइ छ । बिक्कीले पछि पैसा माग्दा उल्टै आफ्नो बारेमा अंकितले सामाजिक सञ्जालमा अनाप सनाप लेख्ने गरेको गुनासो गरे ।
उनले भने, ‘अब त फोन गर्दा फोन पनि उठाउँदैन । उल्टै मेरैबारेमा फेसबुकमा अनाप सनाप लेख्दिन्छ । मैले आफ्नो साथी सम्झेर सुरु सुरुमा उनीहरुलाई सहयोग गरेको थिएँ । आफ्नै रिस्कमा होटलमा पनि सबै व्यवस्था मिलाइदिएको थिएँ । तर, अन्त्यमा साथीले नै धोका दियो । सबै खाएर भाग्यो ।’
बिक्कीले अब होटलका सञ्चालक कमल पासवान र प्रिन्टिङ गराएको ठाउँबाट पैसाको लागि निरन्तर आफूमाथि दबाद आइरहेको सुनाए । उनले आफूहरुले यी दुबैजनाको बारेमा पछि खोज तलास गर्दै जाँदा फैशन शोको नाममा विगतमा पनि यीनिहरुले धेरैसँग ठगी गरेर भागेको कुरा आफूलाई पत्ता लागेको बताए ।
यससम्बन्धमा बुझ्नका लागि पि प्रोडक्सनका सञ्चालक प्रसान्त साहसँग कुराकानी गर्न खोज्दा उनले आफू धेरै व्यस्त रहेको भन्दै फोन काटेका थिए ।
Tapaila yo post kun Aadhar ma rakhnu Vaya xa Sab invitations garnu vaya xa yetikai rakhdina hoo
Tapai ko contact number pathaunu