भारतबाट तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
टुडेपाटी–
काठमाडौँ, साउन ३१ गते ।
भारतबाट तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।
मंगलबार इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यअनुसार नेपाल आयल निगमले खरिद गर्दा पेट्रोल प्रतिलिटर १ रूपैयाँ ९४ पैसा र डिजेल प्रतिलिटर ४ रुपैयाँ ८४ पैसाले घटेर आएको हो।
नेपाल आयल निगमका अनुसार अब पेट्रोलमा करिब ४ रुपैयाँ नाफा हुनेछ। तर डिजेलमा अझै प्रतिलिटर करिब ५ रुपैयाँ घाटा नै रहेको छ।
साउन १६ गते डिजेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो। भने साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो ।
भारतबाट मूल्य घटेर आएपनि नेपाल आयल निगमले मूल्य घटाएका छैनन् ।
Sponsored