सप्तकोसीमा पानीको सतह बढेपछि ‘हाई अलर्ट’
टुडेपाटी–
सप्तरी, साउन १७ गते ।
सप्तकोसी नदीमा पानीको सतह बढेपछि सप्तरीको तटबन्ध छेउका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सप्तरीका प्रहरी प्रमुख एसपी अभिनारायण काफ्लेले पानीको अत्यधिक चाप रहेको जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र मध्यकोसीमा रहेको वडा नम्बर १३ गोबरगाढामा ‘हाई अलर्ट’ गरिएको जानकारी दिए ।
सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी कोसीको पश्चमी तटबन्धको निगरानी गर्ने कार्य भइरहेको छ ।
मंगलबार बिहान ११ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर २ लाख १६ हजार ८५ क्युसेक प्रतिसेकेन्डका दरले पानीको बहाव भइरहेको छ ।
कोसी ब्यारेजका ३२ वटा ढोका खोलिएको छ ।
Sponsored