सप्तरीमा कोरोना महामारीबाट बच्न किटनाशक औषधि छर्कियो
शुभ नारायण यादव-
सप्तरी, वैशाख ७ गते ।
विश्वभर फैलिएको कोरोना महामारिबाट जोगिन सप्तरीको महदेवा गाउँपालिकामा किटनाशक औषधि छर्किएको छ ।
छिन्नमस्ता विकास सेवा नामक संस्थाले महदेवा गाउँपालिका ५ र ६ मा लामखुट्टे तथा अन्य किटनाशक वस्तु लाई समाप्त गनैका लागि सो किटनाशक औषधि छर्केको संस्थाका अध्यक्ष विनोदकुमार साफिले जानकनरि दिए । उनका अनुसार अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको क्रास छाएको अवस्थालाई मध्यनजर गरी वडाअध्यक्ष, बुद्धिजिवि सहितको उपस्थितिमा उक्त किटनाशक औषधि छर्केको बताए ।
अहिले संकटको घडिमा गाउँपालिकाले लामखुट्टे मार्न किटनाशक औषधि छर्केकोमा स्थानीयवासीहरुले खुसी व्यक्त गरेका छन ।