मधेश प्रदेश सरकार ३ ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने
टुडेपाटी–
जनकपुरधाम, साउन १६ गते ।
मधेश प्रदेश सरकारले तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने भएको छ ।
सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले सिराहाको लहान, धनुषाको जनकपुरधाम र पर्साको वीरगंजमा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
चालु आर्थिक वर्षको बजेटमा तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने सरकारले जनाएको थियो ।
यस्तै वीरगञ्जजमा उद्योग विभाग स्थापना गर्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।
जनकपुरधाममा संचालनमा रहेको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय समेत गरेको उनले बताए ।
Sponsored