TodayPati

एसईईमा मोनाष्टिकका प्रवेशले ल्याए उत्कृष्ट नतिजा

टुडेपाटी-
जनकपुरधाम, साउन १६ गते ।

२०७८ सालको एसईई परीक्षामा सहभागी जनकपुरधामस्थित मोनाष्टिक आवासीय माध्यमिक विद्यालयका एक छात्रले प्रदेशभरिमै उत्कृष्ट नतिजा ल्याएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१३ कर्वड हल बस्ने सन्तोष यादवका छोरा प्रवेश यादवले यसवर्षको एसईईमा मधेस प्रदेशमै उत्कृष्ट नतिजा ल्याएका हुन् ।

Sponsored

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार जनकपुरधामस्थित मोनाष्टिक आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत यादवले ४ जीपीए ल्याएर प्रदेश टप गरेको स्कुलका सञ्चालक डाक्टर सोनु साहले जानकारी दिए ।

डा. साहले देशभरिमा ४२ जना विद्यार्थीले ४ जीपीए ल्याएकोमा त्यसमध्ये मोनाष्टिकका छात्र प्रवेश पनि एक रहेको बताए । प्रवेशले मधेस प्रदेशभरिमै सर्वोत्कृष्ट नतिजा ल्याएको सञ्चालक साहले बताए ।

सञ्चालक साहले मोनाष्टिक आवासीय माध्यमिक विद्यालयबाट यसवर्ष कूल २१६ छात्र छात्राले एसईईमा सहभागिता जनाएकोमा ३१ जनाले एप्लस, ७१ जनाले ए, ७३ जनाले बीप्लस, ३५ जनाले बी र ६ जनाले सीप्लस ग्रेड ल्याएकोसमेत जानकारी दिए ।

Sponsored

त्यस्तै, विद्यालयका प्रियांसु चित्रांशले ३.९० जीपीए, लक्ष्मीकुमारी महतोले ३.८५ र केशवकुमार साहले ३.८५ जीपीए ल्याएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *