जनकपुरधाममा सडकमा सुतेर चुरे संरक्षण अभियानीहरुको प्रदर्शन
टुडेपाटी–
जनकपुरधाम, साउन १५ गते ।
जनकपुरधाममा चुरे संरक्षणको माग गर्दै अभियानीहरुले मधेश प्रदेश सरकार विरुद्ध प्रदर्शन गरेका छन् ।
उनीहरुले भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको अधिकारका निमित्त मुख्यमन्त्री कार्यालय अगाडि सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।
सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेनको जग्गा फिर्ता हुनुपर्नेलगायत विभिन्न ५ बुँदे माग राख्दै चुरे तथा वनजंगल संरक्षण अभियानका अभियन्ताहरु विगत १२ दिनदेखि जनकपुरधामको जनकचोकमा रिले अनशनमा बस्दै आएका छन् ।
उनीहरु प्रदेश सरकारसँग भएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्नमा ढिलाई गरिएको भन्दै रिले अनसनमा बसेका हुन् ।
Sponsored