वैदेशिक रोजगारीमा साउदी अरब गएका २०६ जनाले गुमाए आफ्नो ज्यान
टुडेपाटी–
काठमाडौँ, साउन १५ गते ।
वैदेशिक रोजगारीको क्रममा साउदी अरब गएकाहरुमध्ये २०६ जनाले गत वर्ष आफ्नो ज्यान गुमाएका छन् ।
साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार आथिक वर्ष २०७८/७९ मा मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको र १८ जनाको साउदी अरबमै अन्तिम संस्कार गरिएको जानकारी हो ।
८ जनाको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ।
दूतावासका अनुसार मृत्यु भएकाहरुमध्ये ११२ जनाको प्राकृतिक कारण (हृदयघातसमेत) र ३४ जनाको आत्महत्या कारण ज्यान गुमाएका हुन्।
यस्तै, सडक दुर्घटनामा ३१ जना, कार्य क्षेत्रमा दुर्घटनाका कारण १४ जना र कोरोना भाइरस संक्रमणका कारण १४ जनाको मृत्यु भएको हो।
Sponsored
एक जना नेपालीको हत्या भएको थियो।