धनुषाबाट अवैध काठको गोलियासहित ट्याक्टर बरामद
दिपक मिश्र-
जनकपुरधाम, साउन १३ गते ।
धनुषा प्रहरीले अवैध काठको गोलियासहित ट्याक्टर बरामद गरेको छ । बुधबार अन्दाजी ५५ क्यूफिट जङ्गली काठका गोलियासहित ज १ त ९३४८ नम्बरको ट्याकटर प्रहरीले बरामद गरेको हो ।
लुकाइछिपाई ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले भठिहनबाट सो काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
अवैध काठ, ट्याक्टर र ट्याक्टर चालक शहीदनगर नगरपालिका–२ बस्ने ३० वर्षीय श्रवणकुमार यादवसमेतलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालय धनुषाधाममा बुझाइएको प्रहरी प्रवक्ता क्षेत्रीले बताए ।
सव डिभिजन वन कार्यालय धनुषाधामका वन अधिकृत उमेश मण्डलले प्रहरीले बरामद गरेको अवैध काठ, ट्याक्टर त्यस ट्याक्टरका चालकलाई वन कार्यलयमा जिम्मा लगाएको उनको भनाइ छ ।
अहिले वन कार्यालयको नियन्त्रणमा रहेको अवैध काठ, ट्याक्टरसँगै चालकमाथि थप अनुसन्धान भइरहेको तथा आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
Sponsored