TodayPati

जनकपुरमा दोश्रो दिन पनि औषधि पसलमा अनुगमन, व्यवसायीको भागाभाग, थप एक पसल सिल

टुडेपाटी-
जनकपुरधाम, साउन १३ गते ।

जनकपुरमा दोश्रो दिन पनि औषधि पसलमा अनुगमन गरिएको छ । वीरगन्जस्थित औषधि व्यवस्था विभागको शाखा कार्यालयको टोलीले दाेस्राे दिन बिहीबार पनि जनकपुर बजार अनुगमन गरेको हो ।

अनुगमन थालेपछि दर्ताबिना अवैध रुपमा सञ्चालित औषधि पसल सञ्चालकको भागाभाग भएको छ ।

Sponsored

अनुगमन गरिरहेको सुइँको पाएपछि दर्ता नभएका थुप्रै औषधि पसले पसल बन्द गरेर फरार भएका थिए ।

दर्ताबिनै अवैध रुपमा सञ्चालनमा रहेको कारण थुप्रै औषधि पसल अनुगमन गरिरहेको थाहा पाएर सिल हुन्छ कि भन्ने डरले व्यवसायीले बन्दै राखेको वा बन्द गरेर हिँडेको हुन सक्ने वीरगन्ज फार्मेसी अधिकृत सर्फराज अहमद खानले बताए ।

अनुगमनका क्रममा विभागले बिना दर्ता सञ्चालित एक औषधि पसल सिल गरेको छ ।

Sponsored

रामा मेमोरियल हस्पिटलभित्रको औषधि पसल दर्ता नरहेको पाइएपछि सिल गरेको अधिकृत खानले जानकारी दिए ।

यसअघि बुधबार पनि विभागले जनकपुरधाममा अनुगमन गरेको थियो । सो क्रममा दर्ता नरहेका तीनवटा औषधि पसल सिल गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *