TodayPati

जनकपुरधाममा औषधि व्यवसायीको भागभाग, तीन वटा पसल सिल

टुडेपाटी-
जनकपुरधम, साउन ११ गते ।

जनकपुरधाममा औषधि व्यवस्था विभागले अनुगमन थालेपछि औषधि व्यवसायीहरुको भागाभाग भएको छ ।

बुधबार बिहान १० बजेदेखि औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जको टोलिले नियमित अनुगमन थालेपछि दर्ता बिना संचालनमा रहेको औषधि पसल संचालकको भागाभाग भएको हो ।

Sponsored

जनकपुरमा वर्षौदेखि आधा भन्दा बढी औषधि पसल दर्ता बिना अवैध रुपले संचालनमा रहेको छ ।

त्यस्ता थुप्रै औषधि पसल संचाकले अनुगमनको बेला बन्द गरेर भाग्ने गरेका छन् । आज पनि अनुगमन सुरु भएपछि थुप्रै औषधि व्यवसायी पसल बन्द गरेर फरार भएका हुन् ।

अनुगमनको क्रममा विभागले बिनदा दर्ता संचालनमा रहेको तीनवटा औषधि पसलमा शिलबन्दी गरेको छ ।

Sponsored

विभागका वीरगञ्ज फार्मेसी अधिकृत सर्फराज अहमद खानका अनुसार हस्पिटल रोडमा संचालित पूर्वी क्लिनिक भित्र रहेको औषधि पसल, त्यही क्लिनिक छेउमै सञ्चालित अर्को औषधि पसल र जनकपुर प्रादेशिक अस्पताल अगाडी अर्थोपेडिक ट्रामा क्लिनिक भित्र संचालित औषधि पसल सिल गरिएको हो ।

तीनवटै औषधि पसल दर्ता नगरी अवैध रुपमा संचालनमा रहेकाले सिल गरिएको अधिकृत खानले बताए ।

जनकपुरमा वर्षौदेखि संचालित अवैध औषधि पसल अनुगमनका बेला बन्द हुने र अन्यदिनमा खुलेआम संचालनमा रहेपनि सम्बन्धित निकाय मुकदर्शक बनेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *