TodayPati

पर्सा राष्ट्रिय निकुञ्जमा भ्यू टावर बनाउन सयौं सालको रुख काट्ने ७ जनाविरुद्ध मुद्दा

टुडेपाटी-
जनकपुरधाम, साउन १२ गते ।

पर्सा राष्ट्रिय निकुञ्जबाट भ्यु टावर बनाउन सालको रुख काटेको आरोपमा ७ जनाविरुद्ध मुद्दा चलाइएको छ ।

हेटौँडा उपमहानगरपालिका–१४ ड्राइभरडाँडाका ७ जना स्थानीय बासिन्दाविरुद्द भ्युटावर बनाउन सालको रुख काटेको आरोपमा वन मुद्दा चलाइएको हो । पर्सा राष्ट्रिय निकुञ्जले ३१ असारमा हरियाली मध्यवर्ती सामुदायिक वन समितिका पदाधिकारीसहित स्थानीय ७ जनालाई पक्राउ गरेको थियो ।

Sponsored

जसमध्ये ५ जना पर्सा राष्ट्रिय निकुञ्जको हिरासतमा छन् । आधा दर्जन बढी निकुञ्जको अनुसन्धान घेराभित्र छन् । २ जना जेष्ठ नागरिकलाई परिवारको जिम्मा लगाएर घर पठाइएको जनाइएको छ ।

उनीहरु ७० वर्षमाथि उमेरका भएकाले निकुञ्जले आवश्यक परेको अवस्थामा हाजिर गराउने गरी छोडेको हो । हेटौँडा उपमहानगरपालिका–१४ नम्बर वडाले पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रमै भ्युटावर निर्माण गरिरहेको छ ।

भ्यु टावरमा आर्थिक वर्ष ०७६/७७ मा ९ लाख ८९ हजार रुपैयाँ र आव ०७७/७८ मा पनि ९ लाख ८९ हजार नै खर्च भएको जनाइएको छ । हालसम्म भ्यु टावरको जग निर्माण गरेर भर्‍याङसहित पिल्लर ठड्याइएको छ ।

Sponsored

निकुञ्जका सहायक वार्डेन सूचना अधिकारी सन्तोष भगतले रुख काट्नुको कारण खुलिनसकेको भएपनि निर्माणाधीन भ्युटावर नजिक जग्गा अतिक्रमण गर्ने उद्देश्यले रुख काटिएको आशंकामा ७ जनाविरुद्ध वन मुद्दा चलाएको जानकारी दिए । भगतले साना–ठूला गरी करिब १ सय वटा रुख काटिएको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *