TodayPati

मधेश प्रदेश : एक वर्षमा ४७ करोडभन्दा बढीको भन्सार छलीको सामान बरामद

टुडेपाटी–
जनकपुरधाम, साउन ११ गते ।

मधेश प्रदेशमा एक वर्षमै ४७ करोडभन्दा बढीको भन्सार छलीको सामान बरामद भएको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा भारतबाट भन्सार छली गरेर ल्याएको ४७ करोड २२ लाख ६७ हजार १९८ रुपैयाँ बराबरको सामान बरामद गरिएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

Sponsored

प्रहरीले सवारी साधन र पाटपुर्जा १८ करोड ९८ लाख १९ हजार ६१७ बराबरको बरामद गरेको छ । यस्तै किराना सामग्री ६ करोड १७ लाख ८४ हजार ८८२, बिद्युतीय सामग्री १ करोड २० लाख १२ हजार ५६९, लत्ता कपडा, फेन्सी तथा अन्य सामान १९ करोड ६९ लाख ६३ हजार ३८१, सुन १९ लाख ५९ हजार ८३८ र चाँदी ९५ लाख ९ हजार ७१६ रुपैयाँ बराबरको बरामद गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

प्रहरीले भन्सार छली गरेर ल्याएको सामाग्रीसहित २४६ जनालाई समेत नियन्त्रणमा लिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *