संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ रोकियो
टुडेपाटी–
काठमाडौँ, साउन ११ गते ।
संवैधानिक नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ रोकिएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको १२ वटा संवैधानिक आयोगलाई विपक्षी बनाई यसबारे जवाफ माग गरिएकामा केही आयोगबाट जवाफ नआएकाले सुनुवाइ रोकिएको रिट निवदेकमध्येका एक ओम प्रसादले अर्यालले जानकारी दिए।
अख्तियारसहित विभिन्न संवैधानिक निकायमा ओली सरकारले गरेको नियुक्तिविरुद्ध कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासमा बुधबार पेसी तोकिएको थियो।
संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत तत्कालीन ओली सरकारले संशोधन गरेर संसदीय सुनुवाइविना ५२ जनालाई नियुक्त गरेको थियो।
Sponsored