TodayPati

रौतहटमा गैरकानुनी रुपमा सञ्चालित अनाथालयबाट २ बालिकाको उद्धार

टुडेपाटी-
रौतहट, साउन ११ गते ।

रौतहटमा जोखिममा रहेका दुई बालिकाको उद्धार गरिएको छ । मंगलबार जिल्लाको गौर नगरपालिका– ५ स्थित नेपाल–भारत मैत्री अनाथ आश्रमबाट अत्यधिक जोखिममा रहेका बालिकालाई उद्धार गरेको हो ।

राजदेवी नगरपालिका घर भएकी प्रभा सिंहले गैरकानुनी रुपमा संचालन गरेको अनाथालयबाट जोखिममा रहेकी बालिकाहरूलाई उद्धार गरिएको रौतहटका डिएसपी सुनिल मल्लले बताए । अन्दाजी वर्ष १३ की मनिषा कुमारी र ७ वर्षकी खुसीकुमारीको उद्धार गरी अस्थायी संरक्षण केन्द्रका कार्यक्रम संयोजक मुकेश कुशवाहालाई जिम्मा लगाएको डीएसपी मल्लले जानकारी दिए ।

Sponsored

जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्ला प्रशासन कार्यालय, गौर नगरपालिका कार्यालय, राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रलगायतको सहयोगमा ती बालिकाको उद्धार गरेको जनाएको छ ।

उद्धारको क्रममा बाल हेल्प लाइन १०९८ कलैया बारा, सम्बन्धित वडा अध्यक्ष र जिल्ला प्रहरी कार्यालय रौतहट गौरलगायत जनप्रतिनिधि उपस्थित थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *