यातायात कार्यालय जनकपुरद्वारा ५५ करोड ५६ लाख राजस्व संकलन
टुडेपाटी-
जनकपुरधाम, साउन १० गते ।
यातायात कार्यालय जनकपुरले गत वर्ष २२ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।
जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा ५५ करोड ५६ लाख ६८ राजस्व सङ्कलन गरेको छ ।
सवारी करबाट रु ४२ करोड २२ लाख ३४ हजार ८७, सवारीचालक अनुमतिपत्र तथा नवीकरणबाट रु १२ करोड एक लाख ६१ हजार तथा नयाँ सवारी दर्ता र रुट परमिटबाट रु एक करोड ३२ लाख चार हजार ९८१ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिए।
यो आव २०७७/७८ को भन्दा २२ करोड ३० लाखले बढी हो। आर्थिक वर्ष २०७६/७७ मा रु ३९ करोड २२ लाख राजस्व संकलन भएको थियो।
यस्तै, आव २०७८/७९ मा १६ हजार १८७ मोटरसाइकल, ५११ ट्र्याक्टर, ४७१ टेम्पु, २८२ इ-रिक्सा, २३८ जिप/कारलगायत १५ हजार ९२० नयाँ सवारी साधन दर्ता भएको उनले बताए।
Sponsored
कार्यालय प्रमुख साहका अनुसार सो आवमा २० हजार ६७२ जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको थियो भने २२ हजार ७५० सवारी साधन नवीकरण गरिएको थियो।