आफ्नै नाममा फोटो बुक छापेर नि.मेयर लालकिशोरका छोराले नगरपालिकाबाट लिए झण्डै ५ लाख
टुडेपाटी-
जनकपुरधाम, साउन ९ गते ।
जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साहका छोरा सुमित सबिता शेखरले आफ्नो व्यक्तिगत नाममा फोटो किताब छापेर नगरपालिका कार्यालयबाट भुक्तानी लिएको खुलेको छ ।
महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरको जनकपुरधाम उपमहागरको २०७९ को प्रतिवेदनमा सुमित शेखरले आफ्नो व्यक्तिगत नाममा फाटो बुक छपाई गरेर झण्डै ५ लाख रुपैयाँ लिएको पाइएको हो ।
‘कार्यालयले जनपुरधाम स्थित विभिन्न सम्दाहरुको ५२८ थान फोटो सहितको जनकपुरधाम नामको बुक छपाई गरे वापत एलिएन्स प्रिन्टर एण्ड मिडया प्रा. लि. लाई रु.४८६४६५ भुक्तानी गरेको छ । छपाई भएको बुक वितरण सम्बन्धी प्रमाण राखेको देखिएन । किताबको कभर पेजमा कार्यालयको नाम राख्नुपर्नेमा व्यक्तिगत नाम सुमित सबिता शेखर राखी छपाएको छ।’ प्रतिवेदनमा लेखिएको छ ।
सार्वजनिक निकायले गरेको छपाई कार्यमा व्यक्तिगत नाम राखी छपाई गरेको नियमसम्मत नदेखिएको महालेखा परीक्षकको ठहर छ । उक्त बुक हेर्दा सार्वजनिक निकायले प्रकाशित गरेको नभई व्यक्तिगत प्रकाशन जस्तो देखिएकाले छापेको किताबको खर्च के कसरी भएको प्रमाण पेश महालेखा परीक्षकले भनेको छ ।
Sponsored