TodayPati

आज साउनको दोस्रो सोमबार, देशभरका शिवालयमा पूजा गर्नेको घुइँचो

टुडेपाटी-
जनकपुरधाम, साउन ९ गते ।

आज साउन महिनाको दोस्रो सोमबार, धनुषा-महोत्तरीसहित देशभरका अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको छ ।

पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरु खालि खुट्टा पैदल टुटेश्वरनाथ मन्दिरलगायत मुलुकभरका शिवालयमा जल चढाउने गरिन्छ । साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन छ ।

Sponsored

हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

सोमबारको दिन राखिने ब्रतलाई सोमेश्वर व्रतको नामले जानिन्छ । यसको आफ्नो धार्मिक महत्व हुन्छ । यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *