मधेश प्रदेश : सर्पको टोकाइबाट बालकको मृत्यु
टुडेपाटी–
सिरहा, साउन ८ गते ।
सिरहामा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ।
घरमै साथीहरूसँग लुकामारी खेल्ने क्रममा केराबारीमा लुक्न गएका बेला गोलबजार नगरपालिका ३ जमदह भाङ्गवारीका नथुनी सदाका ६ वर्षीय छोरा अनिल सदायलाई सर्पले टोक्दा मृत्यु भएको हो ।
सर्पले डसेर सिकिस्त भएका उनलाई उपचारको लागि चोहर्वास्थित जयकाली सर्पदंश केन्द्र पुर्याए पनि बाटोमै मृत्यु भएको बताइएको छ।
खेलिरहेका समय सर्पले टोकेपनि बालकले थाहा नपाएका कारण उनी सिकिस्त भएपछि मात्र घरपरिवारले थाहा पाएको स्थानीय नरबहादुर थापाले जानकारी दिए।
Sponsored