मंकीपक्सको संक्रमण बढेपछि विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
टुडेपाटी-
जनकपुरधाम, साउन ८ गते ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । मंकीपक्सको प्रकोपलाई लिएर संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको हो ।
डब्लुएचओको शनिबार बसेको बैठकमा महानिर्देशक डा टेड्रोस अड्हानोम गेयब्रेसेसका अनुसार ७५ देशमा १६ हजारभन्दा बढी संक्रमण पुष्टि भइसकेको भन्दै आपतकाल घोषणा गरिएको जनाएका छन् । डब्लुएचओका अनुसार मंकीपक्सका कारण हालसम्म विश्वभर कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ ।
संक्रमण देखिएका देशमा यसको प्रकोप रोक्न र जोखिममा परेकाहरूलाई बचाउन आवश्यक कदम चाल्न जरुरी डब्लुएचओले जनाएको छ । एजेन्सी
Sponsored