TodayPati

बाराबाट १५० किलो गाँजासहित दुईजना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, साउन ७ गते ।

सशस्त्र प्रहरीले बाराबाट १५० किलो प्रतिबन्धित गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

शुक्रबार साँझ बा ५ ख ८०७५ नम्बरको ट्रकमा लुकाएर बाराको महागढीमाई नगरपालिका ५ तेलगाई बाटो हुँदै
सीमा तर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले गाँजासहित दुईजनालाई पक्राउ गरेको हो ।

Sponsored

१५ किलोको दरले १० वटा प्लास्टिकको पोकामा प्याक गरिएको १५० किलो गाँजा  नियन्त्रणमा लिएको सशस्त्र प्रहरी मधेश प्रदेशका डिआइजी गणेश ठाडा मगरले जानकारी दिए ।

गाँजासहित पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका ६ सानुलेख बस्ने २९ वर्षीय राजकुमार रुम्बा र ट्रकमा सवार भारतीय नागरिक मोतीहारी जिल्ला थाना संग्रामपुर ११ बस्ने श्यामलाल महतो रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई गाँजासहित कारबाहीको लागि नेपाल प्रहरीलाई बझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।



Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *