वीरगञ्जमा खेतमा काम गरिरहेको बेला चट्याङ लागेर एक युवकको ज्यान गयो
टुडेपाटी-
वीरगञ्ज, साउन ६ गते ।
वीरगञ्जमा वर्षासँगै परेको चट्याङ् लागेर एक युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर-२८ बगही टोलका ३२ वर्षीय दिनानाथ ठाकुर रहेका छन् ।
बिहीबार साझ साढे ५ बजेको समय आफ्नै खेतमा काम गरिरहेको बेला अचानक परेको चट्याङ् लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।