TodayPati

कोरोना महामारीको संक्रमण दर बढिरहेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धनुषाको आग्रह

टुडेपाटी-
जनकपुरधाम, साउन ४ गते ।

कोरोना महामारीको संक्रमण दर बढिरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले धनुषाले विश्वव्यापी रुपमा साढे २ वर्षदेखि फैलिएको कोरोना महामारीबारे सतर्कता अपनाउन आग्रह गरेको हो ।

Sponsored

हाल कोभिड-१९ को संक्रमण दर बढिरहेकोले मास्क लगाएर मात्र हिँड्न, विना कामको भिडभाडमा नजान, संक्रमणको शंका भएमा संक्रमण परीक्षण तुरुन्त गर्न साथै बुस्टर डोज बाँकी रहेका सबैलाई नजिकैको स्वास्थ्य संस्थामा गएर बुस्टर डोज लगाउन जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सूचनामा उल्लेख छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *