परिवारसंग नुनथर पिकनिक गएका धनुषाका एक युवकको डुबेर मृत्यु
टुडेपाटी-
जनकपुरधाम, असार ३२ गते ।
बागमती नदिमा बेपत्ता भएका धनुषाका एक युवकको शव फेला परेको छ ।
शुक्रबार परिवारसंग रौतहटको नुनथर स्थित बागमती नदी किनारमा वनभोज (पिकनिक) गएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ बस्ने २० वर्षीय पारश यादव नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए।
उनको शव आज (शनिबार) बिहान फेला परेको हो ।
रौतहटको चन्द्रपुर नगरपालिका १ नुनथरमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा बेपत्ता भएका यादवको रातिदेखि नै प्रहरीले खोजतलास गरको थियो ।
खोजी गर्ने क्रममा बागमती सिचाई आयोजनाको ब्यारेजको ढोकामा अड्कीरहेको अवस्थामा यादवको शव भेटिएको सशस्त्र प्रहरी वेश क्याम्प सन्तपुरका प्रमुख प्रहरी नायव उपरीक्षक योगराज दाहालले जानकारी दिए ।
Sponsored
शवलाई सुरक्षाकर्मीले डोरीको सहायताले निकालेका छन् ।
शुक्रबार आफ्ना बुबाआमा सहित पिकनिक खान आएका यादव अन्य दुई जना पौडी खेल्न साझ साढे पाँच बजेतिर बागमती नदीमा छिरेका थिए।
तीनजना मध्ये महाराजा जैसवार र अमर यादवन पौडीएर बाहिर निस्कन सफल भएका थिए भने यादव भने नदीमा डुबेर वेपत्ता भएका थिए ।