TodayPati

प्रदेशसभा सचिवालयमा सचिव लगायतले लिए दोहरो भत्ता

टुडेपाटी-
जनकपुरधाम, असार ३२ गते ।

मधेश प्रदेशको प्रदेशसभा सचिवालयमा सचिव लगायतले दोहोरो बैठक भत्ता लिएको पाइएको छ ।

महालेखा परीक्षकले सार्वजनिक गरेको चौथो प्रतिवेदनमा सचिवालयले विभिन्न कानुन निर्माणको अनुसांगिक तथा शुद्धाशुद्धी हेरी मिलाउने कार्य गर्न एक जना बाह्य प्रतिनिधिसमेत सचिवालयका सचिवको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको र ३ जना अन्य व्यक्तिलाई आमन्त्रित सदस्यमा राखी दोहोर भत्ता लिएको पाइएको हो ।

Sponsored

सचिवालयले १४९ बैठकको १८ लाख ५८ हजार बैठक भत्ता खर्च लेखेको प्रतिवेदनमा उल्लेख छ । दोहोरो पर्ने गरी बैठक भत्ता भुक्तानी दिनु औचित्यपूर्ण नदेखिएको महालेखा परीक्षकले औंल्याएको छ ।

यस्तो खर्चमा नियन्त्रण गर्न समेत महालेखा परीक्षकले सुझाव दिएको छ ।

बैठक भत्ता ( सार्वजनिक खर्चमा मितव्ययिता सम्बन्धी मापदण्ड, २०७७ मा अत्यावश्यक काम बाहेक अन्य नियमित कार्यमा बसेको बैठकको भत्ता खर्च गर्न नपाइने व्यवस्था छ ।

Sponsored

लामोसमयदेखि मधेश प्रदेशसभाका सचिवालयका सचिव रंजित कुमार यादव रहेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *