TodayPati

अनावश्यक कर्मचारीमै मुख्यमन्त्री कार्यालयले खर्च गरे झण्डै एक करोड

टुडेपाटी–
जनकपुरधाम, असार २९ गते ।

मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अनावश्यक कर्मचारीमा झण्डै एक करोड रकम खर्च गरेको छ ।

बुधवार महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको मधेश प्रदेशको चौथो वार्षिक प्रतिवेदन अनुसार मुख्यमन्त्री कार्यालयले अनावश्यक कर्मचारीमा ९८ लाख ९४ हजार रकम पारिश्रमिक वापत खर्च गरेको छ ।

Sponsored

महालेखापरिक्षकको कार्यालयले कर्मचारीहरुको कार्य विभाजन र कार्यसम्पादन गरेको पुष्टि हुने कुनै आधार नदेखिएको, कर्मचारीलाई दिएको कामको जिम्मेवारी, कार्यालयमा उपस्थिति, सम्पादन गरेको कामको विवरण उपलब्धी सहितको प्रमाण पेस गरेर खर्चको औचित्य पुष्टि हुनुपर्ने आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

मुख्यमन्त्री कार्यालयले मुख्यमन्त्री स्वच्छता अभियान कार्यान्वयन गर्न कार्यक्रम बजेटबाट ११ जनालाई करारमा राखी ३८ लाख २४ हजार, बेटी पढाउ बेटी बचाउ कार्यक्रमको लागि ६ जनालाई करारमा राखी २१ लख ६७ हजार र पुँजीगत तर्फको कन्टिन्जेन्सीबाट ३२ जना सुपरभाइजर राखी ३९ लाख ३६ हजार रुपैयाँ पारिश्रमिकबाट भुक्तानी गरिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *