TodayPati

श्रीलंकामा प्रधानमन्त्री कार्यालयपनि प्रदर्शनकारीको कब्जामा

एजेन्सी-
काठमाडौं, असार २९ गते । 

श्रीलंकामा प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमसिंघेको कार्यालयमा पनि कब्जा जमाएका छन् ।

प्रधानमन्त्रीले देशमा ‌संकटकाल घोषणा गर्दै पश्चिमी प्रान्तमा कर्फ्यु आदेश जारी गरे पनि त्यहाँ प्रदर्शन रोकिएको छैन ।

Sponsored

सुरक्षा घेरा तोड्दै आक्रोशित प्रदर्शनकारीले प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको छ ।

कार्यालय प्रदर्शनकारीले नियन्त्रणमा लिए पनि विक्रमसिंघ भने कार्यालयमा नरहेको र उनी अन्तै सुरक्षित रहेको बीबीसीले जनाएको छ ।

यसअघि प्रदर्शनकारीहरुले राष्ट्रपति भवन कब्जा गरेका थिए । उनीहरूले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापक्षे देश छाडेर भागिसकेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *