जनकपुरधामको सामुदायिक विद्यालयमा एक महिना बिदा
टुडेपाटी-
जनकपुरधाम, असार २८ गते ।
जनकपुरधामका सामुदायिक विद्यालयहरु एक महिनाका लागि बन्द हुने भएको छ ।
विद्यालयमा एक शैक्षिक सत्रमा हिउँदे विदा र वर्षे विदा दुवै गरी ४५ दिन पठन-पाठन बन्द रहने व्यवस्था भए अनुसार उपमहानगरपालिका अन्तर्गत संचालित सामुदायिक विद्यालयहरुमा पालिकाको शैक्षिक कैलेण्डर बमोजिम असार २९ गते देखि साउन २६ गते सम्म वर्षे बिदा दिइएको शिक्षा महाशाखा प्रमुख मेहीलाल यादवले जानकारी दिए ।
मंगलबार एक सूचना जारी गर्दै यादवले विद्यालयहरुमा पठन-पाठन बन्द हुँदा पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन शाखा सानोठिमी भक्तपुरको पत्र अनुसार सबै विद्यालयहरुका प्रधानाध्यापकहरुलाई वर्षे विदा भरी उपमहानगरपालिकाको सम्पर्कमा रहन भनेका छन् ।
यस्तै विद्यालयका पूर्व निर्धारित कार्यक्रमहरु कक्षा ११ र १२ मा भर्ना तथा प्राविधिक शिक्षा सम्बन्धी गतिविधिहरु लगायतका कार्यक्रमहरु यथावत संचालन रहने उपमहानगरले जनाएको छ ।
Sponsored