मधेश प्रदेश : स्रोत नखुलेको रकम सहित एकजना पक्राउ
टुडेपाटी–
सर्लाही, असार २४ गते ।
सर्लाहीबाट स्रोत नखुलेको रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।
शुक्रबार अपराह्न सशस्त्र प्रहरी भारतको विहार राज्य सितामढी जिल्ला ग्राम पञ्चायत सोनवर्षाका अवधेश कुमारलाई नियन्त्रणमा लिएको हो ।
कुमारलाई नेपाली रुपैयाँ ५ लाख १० हजार ८ सय तथा भारतीय २ हजार २ सय रुपैयाँसहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
कुमारले आफूसँग रहेको रकमको स्रोत जुटाउन नसकेको प्रहरीको भनाइ छ ।
भारतको सोनवर्षा बजारबाट बीआर ३० एक्स ३४६६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर नेपाल तर्फ आउँदै गर्दा सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।
Sponsored
खुट्टामा पट्टी बाँधी मोटरसाइकल चलाएर आएका कुमारलाई शंका लागि जाँच गर्दा पट्टीभित्र ठूलो रकम बरामद भएको सशस्त्र प्रहरी १० नम्बर गणका गणपति भरत खनियाँले जानकारी दिए ।
बरामद गरिएको रुपैयाँ, मोटरसाइकल र मोबाइल सेट मलंगवा भन्सारमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक खनियाँले बताए ।