TodayPati

गणपुरक संख्या नपुगेपछि मधेश प्रदेशको प्रदेशसभा बैठक स्थगित

टुडेपाटी–
जनकपुरधाम, असार २४ गते ।

मधेश प्रदेशको प्रदेशसभा बैठकमा गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको छ ।

शुक्रवार बोलाइएको प्रदेशसभा बैठकमा गणपुरक संख्या नपुगेपछि बैठक आधा घण्टाको लागि स्थगीत भएको हो ।

Sponsored

सभामुख सरोजकुमार यादवले प्रदेशको आजको कार्य प्रारम्भ गर्दा प्रमुख प्रतिपक्षीदल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले गणपुरक संख्या उपस्थित नरहेकाले बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

गणपुरक संख्या उपस्थित नभएकाले सभामुख यादवले बैठक आधा घण्टाका लागि स्थगीत गरेका हुन् ।

प्रदेशसभामा हाल १ सय १ जना सांसद रहेकोमा त्यसको एक चौथाई अर्थात २६ जना सांसदको उपस्थिति आवश्यक रहेको छ ।

Sponsored

हाल बजेटमाथि छलफल चलिरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *