TodayPati

सिरहामा बोक्सी आरोपमा एक महिलालाई मलमूत्र खुवाइयो, दुईजना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, असार १४ गते ।

सिरहामा बोक्सी आरोपमा एक महिलालाई मलमूत्र खुवाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका–४ ठाडी टोलकी ३० बर्षीया फुलोदेवी साह र ५५ बर्षीया कोशिला देवी साह छन् ।

Sponsored

दुबैजनाले छिमेक ६० बर्षीया आतिका देवी कामैतलाई बोक्सीको आरोपमा मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको आरोप छ ।

असार ११ गते दिउँसो साढे १२ बजेतिर कामैतलाई दुबैजनाले मलमूत्र खुवाएको सिरहाका प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

दुबैजनालाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा लिएर बोक्सी आरोप कसूरमा मुद्दा दर्ता गरी अन्य अनुसन्धान गरिरहेको उनले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *