कमला नदीको तटबन्धले धनुषा र सिरहाको दुई दर्जन बस्ती सुरक्षित
राजु विश्वकर्मार/रासस
जनकपुरधाम असार १२ गते ।
कमला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि धनुषा र सिरहाको करिब दुई दर्जन भन्दा बढी गाउँ बस्ती डुबान र कटानबाट सुरक्षित भएका छन् ।
धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीमा आउने बाढीका कारण बर्षेनी डुबान र कटानको समस्या खेप्दै नदी आसपासको गाउँ बस्तीहरु तटबन्ध निर्माणसँगै सुरक्षित भएका हुन् ।
तटबन्ध निर्माणसँगै धनुषाको गणेशमान चारनाथ नगरपालिका, सबेला नगरपालिका, शहिदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिका तथा सिरहाको कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिका र सिरहा नगरपालिकाको बिभिन्न वडाका गाउँ बस्तीहरु सुरक्षित भएको स्थानीयहरुले बताएका छन् ।
बस्ती संरक्षण तथा कटानमा परेका जग्गा उकासका लागि कमला नदी नियन्त्रण आयोजना जनकपुरधामले कमला नदीमा तटबन्ध निर्माण गरेपछि बस्ती मात्र सुरक्षित भएको छैन्, ठुलो क्षेत्रफलमा जग्गा नदी उकास समेत भएका छन् ।
बस्ती सुरक्षित बनाउन कमला खोलामा माटो, चपरी तथा ढुङ्गा हालेर तटबन्ध निर्माण गरेपछि धनुषा र सिरहाको करिब २६ हजार ८८७ घरधूरी लाभाम्बित भएको कमला नदी नियन्त्रण आयोजना जनकपुरधामका प्रमुख बिष्णुदेव यादवले जानकारी दिए ।
उनका अनुसार कमला नदीमा ६८ दशमलव २५ किलो मिटर तटबन्ध बनाउँदा दुबैतर्फ करिब दुई हजार ५०० हेक्टर जग्गा उकास भएको छ भने ५० हजार हेक्टर खेतीयोग्य जग्गा सुरक्षित भएका छन् । जसका कारण एक लाख ४५ हजार ६५३ जना प्रत्यक्ष लाभाम्बित भएको प्रमुख यादवले बताए ।
Sponsored
तटबन्ध निर्माणसँगै नदी कटान तथा डुबानबाट सुरक्षित भएको अनुभुति गर्दै स्थानीय किसानहरु उकास भएका जग्गाहरुमा धमाधम खेतीपातीका साथै घेरवार गरी नर्सरी समेत लगाउन थालेका छन् ।
नदीको बाढीले खेतीयोग्य जग्गा कटान गर्ने त्रासका कारण सस्तो मूल्यमा समेत नबिक्ने नदी छेउछाउको जग्गा तटबन्ध निर्माण भएपछि भन्ने अहिले महँगो मूल्यमा बिक्री हुन थालेको छ ।
‘‘पहिला पहिला रु। १० हजारको कठ्ठा पनि बिक्न मुस्किल थियो”, सिरहाको कल्याणपुर नगरपालिका ४ का उपेन्द्र यादवले भने ,“बाँध बन्ने पछि अहिले त्यही जग्गा रु। १ लाखदेखि डेढ लाख सम्ममा धमाधम बिक्री हुन थालेको छ ।”
‘‘नदीमा बाँध नहुँदा बर्षेनी बाढीले खेतीयोग्य जग्गा कटान गर्नुको साथै बाढी गाउँमै पस्ने जोखिम थियो”, यादवले भने “ पहिला पहिला बर्षायाम लाग्ना साथ कुन बेला कमलाको बाढीले गाउँ नै डुबान गर्छ, भन्ने गाउँलेहरुमा चिन्ता हुन्थ्यो, तर बाँध बनेसँगै यो चिन्ता हटेको अनुभुति हुन थालेको छ ।”
केही बर्षअघि कमलाको बाढीले गाउँनै बिस्थापित बनाएको सम्झिदै सिरहाको कल्याणपुर नगरपालिका ७ निवासी रामलखन कारकले भने ,“ तर, अब गाउँ बस्ती पनि सुरक्षित भएको छ, जगगा कटान समेत रोकिएको छ ।”
‘‘करिब एक दशकअघि बलान खोलाको बाढीले कटान गरेको नदी छेउको जग्गा अब उकास हुँदैन भनेर हामीले आश मारिसकेका थियौं”,कारकले भने ,“ कमला नदीमा आएको बाढीले मेरो मात्रै करिब १ बिघा जग्गा कटान गरेको थियो, कटान भएको जग्गा अब फिर्ता आउँछ भन्नेर आशै थिएन्, तर बाँध निर्माण भएपछि गुमेको जग्गा समेत उकास भएको छ ।”
जग्गा उकास भएपछि परिवारमा पुनःखुसीयाली आएको उनको भनाई छ ।
“बाँध नबनुञ्जेल कटान भएको जग्गाप्रति कसैको चासो थिएन, अहिले जग्गा उकास भएपछि कतिपय जग्गा धनीहरु आफ्नो जग्गा हो भन्दै खनजोत गरेर खेतीपाती लगाउन थालेका छन् भने कतिपयमा घेरवार गरी बृक्षारोपको काम भईरहेको छ”, कर्जन्हा नगरपालिका ५ का महेन्द्र महतोले भने ,‘‘ नदी उकासको जग्गाले जग्गा गुमेको मात्र होईन्, सो क्षेत्रका बिपन्न र दलित समुदाय समेत लाभाम्बित भएका छन् ।”
नदी उकासमा परेको कतिपय जग्गा आफ्नो हो भन्दै जग्गाधनीहरुले खेतीपाती गर्ने गरेका छन् भन्ने खाली रहेको जग्गामा दलित, बिपन्न परिवारले धान, गहुँ तथा तरकारी खेती गर्दै आएका छन् ।
बर्षेनी कमला नदीको बाढीका कारण कटान र डुबानको समस्या भोग्दै आएको नदी आसपासका स्थानीयहरुको पीडा देखेरै तटबनध निर्माण गरिएको कमला नदी नियन्त्रण आयोजनाका प्रमुख यादवले बताए ।
“बर्षेनी कमला नदीको बाढीले धनुषा र सिरहातर्फको नदी आसपासको गाउँमा उत्पात मचाउँदै आएको थियो”, प्रमुख यादवले भने ,‘‘ तर अहिले बाँध बनाएर नदीलाई नियन्त्रण गरी बस्तीलाई सुरक्षित बनाउन सफल भएका छौ ।” कमला नदीको दुबै तर्फ बनाईएको तटबन्धबाट त्यस क्षेत्रका जनताहरुलाई ठुलो फाईदा भएको उनको कथन छ ।
Thank you for exploring actual scenarios of Kamala river and including voice of local people