मधेश प्रदेश : चोरी मुद्दामा फरार रहेका तीनजना पक्राउ
टुडेपाटी–
सप्तरी, असार १३ गते ।
सप्तरी प्रहरीले चोरी मुद्दामा फरार रहेका तीनजना आरोपीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा साविक तेर्हौता गाविस वडा नम्बर ६ बस्ने २६ वर्षीय राजकुमार चौधरी, गोविन्द चौधरी र दिलीप सदा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
करिब ९ वर्ष अघि ना ४ ख ९१०४ नम्बरको ट्रक तेरहौता गाविस–६ मा अनियन्त्रित भई पल्टिँदा ट्रकमा लोड भएको प्लाइउड चोरी गरेको आरोपमा सप्तरी जिल्ला अदालतको १७ कात्तिक ०७१ को फैसलाको आधारमा तीनैजनालाई पक्राउ गरिएको सप्तरीको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
गाउँघरमै लुकिछिपी बसेको समय गोप्य सूचनाको आधारमा उनीहरुलाई घरबाटै पक्राउ गरिएको हो ।
तिनीहरुलाई अदालतले जनही ४४ सय आठ रुपैयाँ जरिवाना तिराई एक महिनाका लागि कारागार चलान गरेको छ।
Sponsored