अब कैदीबन्दीले पनि भोट हाल्न पाउने, यस्तो आयो सर्वोच्चको आदेश
टुडेपाटी–
काठमाडौँ, असार १३ गते ।
अब कैदीबन्दीले पनि भोट हाल्न पाउने भएका छन् ।
सर्वोच्च अदालतले कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न आदेश दिएको छ ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई समानुपातिकतर्फ मत हाल्ने व्यवस्था गर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।
काठमाडौं स्कुल अफ ल का विद्यार्थी प्रदिक्षा केसी र निशान्त पोखरेलले दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले यस्तो आदेश दिएको हो ।
Sponsored