महोत्तरीमा एक घरबाट लाखौंको गरगहना चोरी
टुडेपाटी-
महोत्तरी , असार १२ गते ।
महोत्तरीको सदरमुकाम जलेश्वरमा एक घरबाट लाखौंको गरगहना चोरी भएको छ ।
जलेश्वर नगरपालिका–६ मा एक समूहले विवाहमा घर बाहिर गएका एक व्यक्तिको घरबाट १९ तोला सुन र १५ तोला चाँदीको गहनासहित २० लाखको धनमाल चोरी गरेको हो ।
स्थानीय दिलीपकुमार मिश्र सपरिवार यही असार ६ गते भारतको बिहार राज्यको मुज्जफरपुरस्थित आफन्तको विवाहमा गएको मौका छोपी घरको ताल्चा फुटाएर गरगहना चोरी भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।
उनका अनुसार सुन चाँदीका गरगहना, ल्यापटप र मोबाइल गरी रु १९ लाख ७० हजार मूल्य बराबरको धनमाल चोरी गरी लगेका छन् ।
चोरी घटना विषयमा अनुसन्धान भइरहेको र चोरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
Sponsored