TodayPati

सेवाग्राहीलाई अभद्र गाली गर्ने सुब्बा पक्राउ

टुडेपाटी-
सिरहा, असार ९ गते ।

सेवाग्राहीलाई गाली गर्ने लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालका एक कर्मचारी पक्राउ परेका छन् ।

नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन् ।

Sponsored

सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको डीएसपी कुमार मैनालीले बताए ।

सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएको थियो ।

सो क्रममा उनले अभद्र गालीगलौज गर्दै दुर्व्यवहार गरेका थिए । सो भिडियो अहिले समाजिक सञ्जालमा भाइरहल भइरहेको छ ।
ती कर्मचारीलाई कडा कारबाही हुनुपर्ने माग उठिरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *