बलवा नगरपालिकाले अहिलेसम्म बाँडेन विपन्नलाई राहत, अर्कोसातादेखि बाँड्ने तयारी
टुडेपाटी-
महोत्तरी, वैशाख ५ गते ।
कोरोना महामारी फैलिन सरकारले लकडाउन गरेको तीनसाता बढी बितिसकेको छ । तर पनि विपन्न परिवारलाई महोत्तरीको बलवा नगरपालिकाले खाद्यान्न राहत उपलब्ध नगराएको भन्दै स्थानीयले दुखेसो पोखेका छन् ।
लकडाउनले विपन्न तथा दैनिक ज्याला मजदुरी गरी साँझबिहानको छाक टार्ने विपन्न परिवार समस्यामा हुँदा समेत राहत वितरण नगरेको बलबा नगरपालिका स्थित धमौरा युवा क्लबका अध्यक्ष रईश अन्सारीले दुखेसो छ ।
‘लकडाउनले गर्दा गाउका सबै पसल बन्द छ । विपन्न परिवारको अवस्था दयनीय भएको छ । तर पनि स्थानीय सरकाले चाँसो लिएको देखिँदैन ।’ उनले भने ‘यथासिघ्र नगरपालिकाले राहत बाँडोस् ।’
यता बलबा नगरपालिकाका मेयर विनोद यादवले धेरै विपन्न परिवारलाई राहत बाँड्नु पर्ने र प्रक्रिया पुर्याउनु पर्ने भएकाले राहत वितरणमा ढिलाई भएको बताए । उनले नगरभित्रका ५ हजार ५ सय विन्न परिवारलाई राहत वितरण गर्न वडा–वडाबाट नामावली संकलन भएको र विपद व्यवस्थापन तथा कार्यपालिका बैठकको निर्णयबाट राहत किन्ने प्रक्रिया अघि बढेको बताए ।
राहतको लागि १ करोड ३० लाख रुपैयाँ छुट्याएको र त्यसबाट प्रति परिवारलाई २० किलो चामल, ३ किलो दाल, ५ किलो आलु, प्याज, सोयाविन, नुन, खाने तेल र साबुन लगायतको सामग्री अगामी शुक्रबारदेखि वितण गर्ने मेयर यादवले टुडेपाटीलाई जानकारी दिए ।
Sponsored