TodayPati

सप्तरीमा बहुविवाह मुद्दामा श्रीमान र कान्छी श्रीमती जेल चलान

टुडेपाटी-
सप्तरी, असार ८ गते ।

बहुविवाह मुद्दामा जेल सजाय सुनाइएका फरार पतिपत्नी पाँच वर्षपछि पक्राउ परेका छन् ।

सिरहा बस्तिपुर वडा न.९ घर भई हाल सुरुङगा नगरपालिका वडा नं.३ बस्ने ४७ वर्षीय जलेसर यादव र उनको कान्छी श्रीमती मञ्जु यदावलाई प्रहरीले पक्राउ गरेको हो ।

Sponsored

अशिया देवी यादवको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी भएको बहुविवाह मुद्दामा सप्तरी जिल्ला अदालतबाट २ जेठ २०७३ मा जलेसर यादव र उनकी कान्छी श्रीमती मञ्जुलाई जनही १ वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

लुकिछिपी बस्दै आएका श्रीमान र कान्छी श्रीमतीलाई सप्तरीको सुरुङगा नगरपालिका ३ स्थितमाबाट मंगलबार पक्राउ गरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार मंगलबार नै जिल्ला अदालतमा दुबैजनालाई पेश गरी कैद भुक्तानका लगि सप्तरी कारागार चलान गरिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *