TodayPati

अफगानिस्तानमा शक्तिशाली भुकम्प, २५० जनाको मृत्यु

टुडेपाटी-
काठमाडौं, असार ८ गते ।

अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पमा परेर २५० जनाको मृत्यु भएको छ । यस्तै कम्तिमा १५० जना घाइते भएको जनाइएको छ ।

६.१ म्याग्निच्युटको अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

Sponsored

उक्त भुकम्पको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो ।

एक स्थानीय अधिकारीले बीबीसीसँग २५० जनाभन्दा बढीको ज्यान गएको बताएका छन् ।

सरकारका प्रवक्ता बिलाल करीमीले पक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प गएको र यसबाट सयौंको ज्यान गएको जानकारी दिएका छन् ।

Sponsored

मृतकको संख्या थप बढने सम्भावना छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *