TodayPati

जनकपुरधामको मेयर पदमा जमानत गुमाएका बलराम महतो जसपा प्रवेश


टुडेपाटी-
जनकपुरधाम, असार ६ गते ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाममा मेयर पदमा पराजित रमण कन्ट्रक्सनका संचालक बलराम महतो जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

उनलाई जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताले फुलमाला लगाएर पार्टीमा भित्र्याएका हुन् ।

Sponsored

जनकपुरधाममा सोमबार अपराहन्न एक कार्यक्रमबीच व्यवसायी महतो जसपा प्रवेश गरेका हुन् ।

गत स्थानीय चुनावमा महतो जनकपुरधाम उपमहानगरको मेयर पदमा स्वतन्त्रबाट चुनाव लडेका थिए । पाँचौ स्थानमा मत आएर उनको जमानत जफत भएको थियो ।

उनले सदर मतको १० प्रतिशत समेत मत ल्याउन नसकेपछि जमानत जफत भएको थियो ।

Sponsored

महतो धनुषा निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभामा चुनाव लड्ने उद्देश्यले जसपा प्रवेश गरेको चर्चा छ । स्वतन्त्रबाट जित्ने छाटकाट नदेखेपछि उनी जसपा प्रवेश गरेका हुन् ।

गत २०७४ को प्रतिनिधिसभा चुनावमा सो क्षेत्रमा तत्कालिन उपेन्द्र यादव नेतृत्वकै पार्टी संघीय समाजवादी फोरमबाट उमा शंकर अरगरिया जितेका थिए ।

पार्टी एकता भएर जसपा विभाजित हुँदा अरगरिया उपेन्द्रको कित्ता छाडेर महन्थसंगै लोसपामा लागेका हुन् । सो क्षेत्रमा दुवै प्रदेशसभा सदस्य क्षेत्र पनि फोरमले नै जितेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *