मधेश प्रदेश : ठूलो मात्रामा लागूऔषध सहित तीनजना पक्राउ
टुडेपाटी–
जनकपुरधाम, असार ६ गते ।
प्रहरीले सिरहामा ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ ।
गएराति डिएसपीको कमाण्डमा खटेको प्रहरी टोलीले लागूऔषध सहित दुई भारतीय नागरिक सहित तीनजना पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला पंचायत राजनगर थाना फेरण श्रीपट्टी ७ घर भई लहान ५ बस्दै आएका २१ वर्षीय मोहमद अखतर, ग्राम पंचायत खरियोग थाना पिप्राही १ बस्ने २७ वर्षीय धर्मेन्द्र कुमार ठाकुर र लहान ७ बस्ने दयाराम ठाकुरको छोरा १८ वर्षीय गौतम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
आइतवार राति ११ बजे ईलाका प्रहरी कार्यालय लहानबाट प्रहरी नायव उपरिक्षक कुमार प्रसाद मैनालीको नेतृत्वमा खटेको प्रहरी टोलीले विशेष सुचनाको आधारमा लहान नगरपालिका–८ स्थितमा मो. अफजतले संचालन गरेको आल्मुनियम पसल र लहान–१ स्थितमा रहेको दयाराम ठाकुरको घरमा खानतलासी गर्दा लागूऔषध फेला परेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शुभाष बुढाथोकीले जानकारी दिए ।
प्रहरीले पसल र घरबाट फेनरागन ६४५ एम्पुल, डाईजिल्याव ६४५ एम्पुल, व्युप्रिनोर्फिन ६४५ एम्पुल, नाईट्राभेट ४८० ट्याब्लेट, डाईलेक्स डि.सी. ४३९ बोतल र स्पामोप्रोक्सिभिन ४३२ ट्याब्लेट बरामद गरेको छ । यस्तै प्रहरीले ज १ प ४७५८ नम्बरको मोटरसाईकल, नगद ४३ हजार ५ सय रुपैयाँ र ३ वटा मोबाइल बरामद गरेको छ ।
Sponsored
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।