TodayPati

पेट्रोलियम पदार्थको मूल्य बारे जवाफ दिन सभामुखको रुलिङ

टुडेपाटी-
काठमाडौं, असार ६ गते ।

प्रतिनिधि सभाको बैठकमा सभामुखले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई रुलिङ गरेको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारसँग जवाफ मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका हुन् ।

Sponsored

‘माननीय सदस्यहरुले उठाउनुभएको विषय (पेट्रोलियम पदार्थको मूल्यवृद्धि)मा मेरो पनि ध्यानाकर्षण भएको छ । सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु’ सभामुख सापकोटाले भने, ‘यस विषयमा सरकारलाई सत्य तथ्य सदनसमक्ष पेश गर्न निर्देश गर्दछु ।’

आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरको १९९ र डिजेलको १९२ रुपैयाँ पु¥याएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *