धनुषामा ११ हजार भोल्टको करेन्ट लागेर एकजनाको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, जेठ ३१ गते ।
धनुषामा ११ हजार भोल्टको विद्युतको तारमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा सबैला नगरपालिका–९ बस्ने ४६ वर्षका ज्ञानेन्द्र ठाकुर बरही रहेका छन् ।
बिरेन्द्रबजार यदुकुहा महिनाथ्पुर हुलाकी सडक अन्तर्गत भठिहन चौकमा आज दिउँसो सो दुर्घटना भएको हो ।
११ हजार भोल्टको तारबाट जोइन्ट भएर आएको डिसको तार घरमाथी फालिएको अवस्थामा छोइँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
ठाकुरलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुर पुर्याएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेका छन् ।
Sponsored