आज बजेट ल्याउँदै मधेश सरकार
टुडेपाटी-
जनकपुरधाम, असार १ गते ।
मधेश प्रदेश सरकार आज आगामी आर्थिक वर्ष २०७९।०८० को बजेट ल्याउँदै छ ।
असार १ गतेमा आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुरुप मधेश प्रदेश सरकारले पनि आज बजेट ल्याउन लागेको हो ।
आज अपराहन्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा अर्थमन्त्री शैलेन्द्र साहले बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
चालु आर्थिक वर्षभन्दा बढी बजेट ल्याउने तयारीमा सरकार छ ।
करिब ४० अर्ब बजेट मधेश सरकारले ल्याउन लागेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
Sponsored