TodayPati

जनकपुर प्रादेशिक अस्पताललाई स्वाब संकलन बुथ हस्तान्तरण

टुडेपाटी
जनकपुरधाम, वैशाख ४ गते ।

नेपाल ईन्जिनियर्स एसोसिएसनले कोरोनाभाइरसका शंकास्पद विरामीको स्वाब नमुना संकलनका लागि प्रादेशिक अस्पताल जनकपुरलाई स्वाब संकलन बुथ हस्तान्तरण गरेको छ।

एसोसिएसनले प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष संजय सिंहलाई स्वाब संकलन बुथ हस्तान्तरण गरेको हो । बुथको सन्दर्भमा बोल्दै अध्यक्ष सिंहले यसले स्वाब संकलनमा सहजता हुने बताए ।

Sponsored

अस्पतालको फिवर क्लिनिक नजिक राखिएको बुथबाट चिकित्सकले शंकास्पद विरामीको स्वाब संकलन गर्ने उनले बताए ।

नेपाल ईन्जिनियर्स एसोसिएसन प्रदेश नम्बर २ को प्राबिधिक सहयोग एवं प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको आर्थिक सहयोगमा सो स्वाब संकलन बुथ प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको हो ।

पिपिआरको अभावका साथै ल्यावमा काम गर्ने चिकित्सकहरुलाई संक्रमणबाट जोगाउन बुथको विशेष भूमिका रहने विश्वास लिइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *