भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२२ पुग्यो, १२ हजार ३७० संक्रमित
टुडेपाटी-
जनकपुरधाम, वैशाख ४ गते ।
महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या ४ सय २२ पुगेको छ । गएको २४ घण्टामा २९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४२२ पुगेको हो ।
भारतमा एकैदिन ८८३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १२ हजार ३७० पुगेको छ ।
भारतमा संक्रमितमध्ये १ हजार ५०८ जना उपचारपछि निको भएका छन् । १० हजार ४४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।
यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख ३४ हजार ५६० जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या २० लाख ८२ हजार ३७२ पुगेको छ ।
Sponsored